भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्री आग्रह
प्रकाशित मिति
२०७६ चैत्र ३० गते, आईतवार ०९:२८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जल ट्वीटर मार्फत सबैलाई राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गरेका हुन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।
प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’भन्दै पोष्ट गरेका छन् ।







प्रतिकृया