• १९ भदौ २०८३, शुक्रबार
  • ८ः०८ बिहान

डोल्पामा उपचार नपाएर सुत्केरीको मृत्यु, एकको हेलिकप्टरबाट उद्दार

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०८:१३

डोल्पा । डोल्पाबाट एक गर्भवती महिलाको उच्चारक्तचापका कारण मृत्यु भएको छ । भने, एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।

जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका ४ पञ्चीरुपा धरला अचेत भएपछि उनलाई जिल्ला प्रशासन कार्यालयको पहलमा सुर्खेत क्षेत्रीय अस्पताल लगिएको छ । धरालाको पेटमा रहेको बच्चा मरिसकेको र उनको उच्च रक्तचापको कारण अचेत अवस्थामा रहेकोले जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले जानकारी दिए ।

Kamana Sewa

रावलले जिल्ला अस्पतालमा भेन्टीलेटर छैन, बच्चा पेटमा मरेको अवस्थामा शल्यक्रिया नगरे आमाको ज्यान जाने र मृगौला र मस्तिष्कमा समेत घात गर्ने हुँदा आमाको ज्यान जोगाउन सुर्खेत पठाएको बताएका छन्। उनको धरलाको जिल्ला अस्पतालमा रहेकोले ज्यान जोगिने भएको छ । तर आजै एक जना महिलाको भने ज्यान गएको छ । उनको सुत्केरी हुँदा उच्च रक्तश्रावको कारण मृत्यु भएको हो ।

Classic Tech Desktop

ठुलीभेरी नगरपालिका ६ की २७ वर्षीया लालुकुमारी रोकायाको भने ज्यान गएको हो । शुक्रबार घरमा साँझ सुत्केरी ब्यथा लागेको र बिहान ७ बजेतिर उनको उच्च रक्तश्रावले ज्यान गएको स्थानीय हिमाल रोकायाले जानकारी दिए ।

रोकायाले भने, ुबच्चा जन्मियो आमाले धर्ति छोडिन् । उनलाई रक्तश्राव धेरै भएको थियो । तत्काल कतै पनि उद्दारको लागि पहल गर्ने समय नै पुगेन जस्ले गर्दा आमाको ज्यान छ ।

लालुकुमारीको बच्चा जिवित छ तर आमाको भने ज्यान गएको छ । उनको नजिक स्वास्थ्यचौकी नहुँदा ज्यान गयो । हेलिकप्टरबाट लान सक्ने कुनै जानकारी थिएन । गाँउमा स्वास्थ्यकर्मी थिएनन्।

राष्ट्रपति महिला उद्धार कोषबाट हालसम्म डोल्पाबाट मात्रै यस वर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १४ जनाको उद्दार गरिसकिएको छ । त्यसमध्ये दुईजनाको भने मृत्यू भएको छ ।

प्रतिकृया