• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२३ बिहान

नेपालमा कोरोना भाइरसको परीक्षण संख्या ४ हजार नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०७:५०

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा गरिएको नमुना परीक्षणको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ हजार ४ सय २६ जनाको कोभिड(१९ सम्बन्धी नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका छन् । उनले दायरा बढाउँदै प्रतिदिन ७र८ सयका दरले परीक्षण गरिएको बताए ।

Kamana Sewa

२४ घण्टामै ८ सय २४ जनाको परीक्षण

Classic Tech Desktop

प्रवक्ता देवकोटाले २४ घण्टाको अवधिमा ८ सय २४ जनाको नमुना परीक्षण गरिएको बताए । उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ घण्टाको अवधिमा ६ सय ९ जनाको नमुना परीक्षण गरिएको छ । यहाँ कुल ३ हजार ३ सय २९ को नमुना परीक्षण गरिएको छ ।

प्रतिकृया