भारतमा एकैदिन कोरोना संक्रमित १ हजार थपिए, ४० जनाको मृत्यु
प्रकाशित मिति
२०७६ चैत्र ३० गते, आईतवार ०८:३७
काठमाडौं । भातरमा पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।भने, ४० जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालले शनिबार सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा एक हजार ३५ संक्रमित थपिएर संक्रमितको संख्या ७ हजार ४४७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका उपसचिव लभ अग्रवालका अनुसार कुल संक्रमितको संख्या ७ हजार ५ सय २९ रहेको छ । मृत्यु हुनेको संख्या २४२ पुगेको छ ।उनका अनुसार ६५३ कोरोना संक्रमितलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।


पछिल्लो २४ घण्टामा भारतमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च वृद्धि भएको हो । शुक्रबार भारतमा ८९६ कोरोना संक्रमित थपिएका थिए । भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको छ । भारतका ओडिसा र पञ्जाबमा भने अप्रिल ३० सम्मका लागि लकडाउन बढाइएको छ । विश्वभर कोरोनाबाट एक लाखभन्दा बढी मृत्यु भएको छ भने करिब १७ लाख मानिसहरु संक्रमित भएका छन् ।




प्रतिकृया