• १९ भदौ २०८३, शुक्रबार
  • ११ः४५ राती

सुदूरपश्चिममा स्क्रिनिङमा तीव्रता

प्रकाशित मिति

२०७६ चैत्र २७ गते, बिहीबार १०:५१

 

डडेल्धुरा । सुदूरपश्चिमका चार जनामा कोराना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ ।

Kamana Sewa

अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिएका छन् ।

Classic Tech Desktop

स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहुँ दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको विष्टले बताए ।
धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ । जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिए ।

सुदूरपश्चिममा करिब भारतबाट नेपाल भित्रिएका रु एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेका सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयलले जानएको छ । अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् ।

प्रतिकृया