आजदेखि कालीमाटी तरकारी बजार बन्द गरिदै
प्रकाशित मिति
२०७६ चैत्र २७ गते, बिहीबार ०९:३०
काठमाडौं । देशकै ठूलो कालीमाटी तरकारी तथा फलफूल बजार उपभोक्ता र व्यापारीको भीड नियन्त्रण बिहीबार (आज)देखि बन्द गर्न लागिएको छ ।

काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गर्न लागिएको हो।

बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिने जनाइएको छ ।
महानगरपालिकाले लकडाउनको अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई यसअघस नै आग्रह गरिसकेको छ ।
तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्ने गरी तयारी भएको जानकारी दिए ।
कालीमाटी बजारमा बाहिरबाट भित्रिएको सबै तरकारी स्टोर गरिए पनि थोक व्यापारीमार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइने छ ।




प्रतिकृया