• २० भदौ २०८३, शनिबार
  • ९ः१३ बिहान

भक्तपुरको इँटाभट्टाको पोखरीमा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ११:४२

भक्तपुर, चाँगुनारायण नगरपालिका–८ सुडालस्थित बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर कामदारको मृत्यु भएको छ। प्रहरीका अनुसार उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको हो।

National Life

इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर उनको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया