चीन सरकारले अमेरिकालाई १ हजार भेन्टिलेटर सहयोग
प्रकाशित मिति
२०७६ चैत्र २३ गते, आईतवार ११:४९
काठमाडौं । महामारीको चपेटामा परेको अमेरिकालाई चीनले १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ। अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि चीनले भेन्टिलेटर सहयोग गरेको हो ।
न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् । चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले बताएको छ ।

कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव भएको कारण अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ । अमेरिकी केन्द्र सरकारबाट समेत थप एक सय ४० भेन्टिलेटर उपलब्ध हुने गभर्नर कुमोले बताएका छन् ।

कोरोना भाइरससम्बन्धी आफ्नो दैनिक ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क सिटीका लागि आवश्यक सबै स्रोत र साधन उपलब्ध गराइने बताएका थिए । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, न्युयोर्क सिटीमा संक्रमण दर पनि ह्वात्तै बढेको छ ।
पछिल्लो तथ्यांक अनुसार, यो राज्यका मात्रै एक लाख १३ हजार मानिस कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् । यो संख्या झण्डै इटालीभर फेला परेको कोरोना संक्रमितको संख्याभन्दा मात्रै ११ हजार छ सय ३२ ले कम हो । न्युयोर्क स्टेटका गभर्नर एन्ड्रिउ कुमोले ४ र १४ दिनमा संक्रमण थप बढ्न सकने अनुमान गरिएको छ । कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका तीन लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै आठ हजार मानिसको ज्यान गैसकेको छ ।




प्रतिकृया