• १९ भदौ २०८३, शुक्रबार
  • ३ः०८ राती

भरतपुर अस्पतालमा उच्च ज्वरो कारण मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

प्रकाशित मिति

२०७६ चैत्र २२ गते, शनिबार १०:०७

चितवन । हिजो भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको प्रयोगशाला पठाइएको थियो । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान मृत्यु भएको थियो ।

Kamana Sewa

प्रतिकृया