• ९ असार २०८३, मंगलबार
  • १२:३९ बिहान

भारतबाट फर्केका झण्डै चार सय जना क्वारेण्टाइनमा

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०९:३१

 

डोटी । कोरोना भाइरबाट बच्नका लागि भारतका विभिन्न शहरबाट घर फर्केका तीन सय ९४ जनालाई डोटीको क्वारेण्टाइनमा राखिएको छ ।

Kamana Sewa

भारतबाट आएकाहरुलाई क्वारेण्टाइमा राख्न नेपाल सरकारले दिएको निर्देशनअनुसार डोटीका नौ वटै स्थानीय तहमा तीन सय ९४ लाई क्वारेण्टाइनमा राखिएको स्वास्थ्य कार्यालय डोटीका कोरोना सम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए ।

Classic Tech Desktop

हालसम्म जिल्लाका विभिन्न स्थानीय तहका २४ स्थानमा क्वारेण्टाइन स्थापना गरिएको जानकारी दिए । विष्टका अनुसार हालसम्म स्थापना भएका क्वारेण्टाइनको कुल क्षमता पाँच सय १७ शय्या छ ।

सबैभन्दा बढी क्षमता बोगटान फुड्सिल गाउँपालिकाको क्वारेण्टाइनमा बनाइएको छ । गाउँपालिकाले पाँच स्थानमा स्थापना गरेको क्वारेण्टाइनमा एक सय १५ जना रहेका छन् ।

आदर्श गाउँपालिकामा ८१ जना क्वारेण्टाइनमा रहेका छन् । बडीकेदार गाउँपालिकामा ३६, जोरायल र पूर्वीचौकी गाउँपालिकामा दुईरदुई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा ३६, शिखर नगरपालिकामा ७६ र दीपायल सिलगढी नगरपालिकामा ३३ जना रहेका छन् ।

क्वारेण्टाइनमा बसेकाहरु सबै भारतका विभिन्न शहरबाट आएको विष्टले बताए । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएर घरमै बसेकाहरुको सम्बन्धित स्थानीय तहले खोजी गरिरहेको समेत बिष्टले बताए । उनले भने ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरमै लुकेर बसेकाहरुलाई सम्झाउँदै क्वारेण्टाइनमा राख्ने काम गरिरहेका छन् ।’

क्वारेण्टाइनमा रहेका व्यक्तिहरुको खाना र खाजाको व्यवस्था सम्बन्धित स्थानीय तहहरुले नै गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । गाँउमा बिदेशबाट आएका सबैलाई क्वारेण्टाइनमा राखिएको छ ।  उनिहरुमा कोरोनाको संक्रमण जोखिम रहेका हुदा क्वारेण्टाइनमा राखिएको बताएका छन् ।

प्रतिकृया