• २४ भदौ २०८३, बुधबार
  • १२ः१५ राती

महाकालीमा पौडिँदै नेपाल आएका तीन जना

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार १०:०२

 

National Life

काठमाडौं । भारतको धार्चुलाबाट महाकालीमा हेलिएर नेपाल आएका तीन जनालाई प्रहरी पक्राउ गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले महाकाली नदी पार गरेर आएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘भारतबाट उनिहरु नेपाल आउनकालागि महाकाली नदी तरेर आएका हुन् । महाकाली नदी तरेर आउने तीन जना पुरूषहरूलाई पक्राउ गरी स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको पौडेलले बताए । अब उनीहरूलाई दार्चुला सदरमुकाममा रहेको क्वारेन्टाइनमा राख्ने जानकारी दिएका छन् ।

महाकालीमा हेलिएर नेपाल आउनेमा दार्चुलाका रमेश विष्ट, बैतडीका इन्द्रसिंह खाँती र धनबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए।

‘लकडाउन सीमा बन्द भएका कारण महाकालिबाट पौडिएर आएका हुन् । उनीहरू दार्चुलापारि भारतीय भूमि धार्चुलामा मजदुरी गर्ने हुन् वा दिल्लीलगायत ठाउँबाट आएका हुन् भन्नेबारे खुलिनसकेको छैन ।

प्रतिकृया