• २४ भदौ २०८३, बुधबार
  • १२ः३२ राती

चाँगुनारायण नगरपालिकाद्वारा ‘कोरोना संक्रमण नियन्त्रण द्रुत कार्यान्वयन समिति’ गठन (प्रेस विज्ञप्तिसहित)

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०७:४४

भक्तपुर, विश्वभरी फैलिइएको कोरोना संक्रमण (कोभिड–१९) को महामारी नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाले ‘कोरोना संक्रमण नियन्त्रण द्रुत कार्यान्वयन समिति’ गठन गरेको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि आज चाँगुनारायण नगरपालिका कार्यपालिको बैठक बसि उक्त समिति गठन गरेको हो ।

National Life

कोरोना संक्रमण नियन्त्रण द्रुत कार्यान्वयन समितिका संयोजकमा नगर प्रमुख सोमप्रसाद मिश्र, सदस्यमा उपप्रमख तथा नगरस्तीय विपद व्यवस्थापन समिति, संयोजक विना वास्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिना, स्वास्थ्य शाखा प्रमुख सत्य कुमार दुवाल र विपद व्यवस्थापन फोकल पर्शन सिद्धान्त न्यौपाने लगायत पाँच जनाको समिति गठन भएको छ ।

यस निणर्य लगायत नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि ९ बुदे निणर्य समेत गरेको नगपालिकाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया