• २४ भदौ २०८३, बुधबार
  • १ः३५ राती

क्वारेन्टाइनमा बस्नेले वडाध्यक्षलाई कुटेपछि…

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०२:३०

बैतडी, क्वारेन्टाइनमा बस्ने एक व्यक्तिले वडा अध्यक्षलाई कुटपिट गरेका छन् । पुर्चौडी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि क्वारेन्टाइनमा बस्ने एक व्यक्तिले कुटपिट गरेका हुन् ।

National Life

वडाध्यक्ष ऐरलाई सोही वडाका ३७ वर्षीय धर्मानन्द बडुले कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया