• २४ भदौ २०८३, बुधबार
  • ३ः०८ राती

सरकारले खरिद गरेको स्वास्थ्य सामाग्री र गुणस्तरमा मेडिकल सप्लायर्सको विरोध

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०८:१४

 

National Life

काठमाडौं । चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो मुल्यमा खरिद गरेको भन्दै मेडिकल सप्लायर्सहरुले विरोध जनाएका छन् । नेपाली सप्लायर्सहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले बजार मुल्यभन्दा अधिक मुल्यमा सामान खरिद गरिएको आरोप समेत लगाएको छन् ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका स्वास्थ्य उपकरण खरिद गर्दा चर्को मुल्य तिरेको भन्दै आलोचना भइरहेको बेला उनिहरुले आइतबार विरोध जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्य मन्त्रालयले अभावका बेला केही सामान खरिद महंगो भएको स्विकार गरेपनि खरिद प्रक्रियामा भने भ्रष्टाचार नभएको स्पष्टीकरण दिएको थिए। मन्त्रालयले खरिद गरेको सामानको मुल्य र विवरण सवै वेभ साइटमा प्रकाशित गरेर पारदर्शीता देखाउने दावी गरेको थियो । तर, व्यवसायीहरुले भने सरकारले अपारदर्शी व्यवहार देखाएको भन्दै आरोप लगाइ रहेका छन् ।

स्वास्थ्य सेवा विभागले संघका पदाधिकारी र व्यवसायीलाई बोलाएर कोटेशन मागेको थिए । तर खरिद गर्दा केही निश्चित व्यापारीसंग अत्यधिक मुल्यमा सामान खरिद गरिएको उनिहरुको आरोप छ । १९ जना व्यवसायीले सस्तो मुल्यमा सामान ल्याउने प्रतिवद्धता जनाएपनि सरकारले भने महंगो मुल्यमा सामान खरिद गरेको देखिएको छ ।

संघले फेरी छलफलमा बोलाएर सम्झौताका लागी बोलाउने आश्वासन दिएको तर हालसम्म पनि नबोलाएको उनिहरुको आरोप छ । साथै हाल सरकारले खरिद गरेको सामानको गुणस्तरमा समेत संघले प्रश्न उठाएको छ ।

प्रतिकृया