महासंघले ५९लाख नगद र स्वास्थ्य तथा खाद्यान्न सामग्रीमा ९१ लाख सहयोग
प्रकाशित मिति
२०७६ चैत्र १७ गते, सोमबार ०७:५२
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोविड–१९) रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५९लाख नगद सहयोग गरेको छ ।
महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गर्नुभयो भने बांकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग गर्ने जनाएको छ ।
महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने छ । आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरणी पिपिई हस्तान्तरण गरिसकेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको र अबका दिनमा पनि सहयोग गर्ने बताएका छन् ।
महासंघले कोभिड–१९ नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्बाट यसअघि भएको लकडाउन सम्बन्धी निर्णयलाई मनन गरी लकडाउनको अवधिभर अत्यावश्यक उद्योग व्यवसायहरू १० औषधि एवं जनस्वास्थ्यसंग सम्बन्धित आवश्यक सामग्रीहरू उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवन संग सम्बन्धित आवश्यक सामग्री, २० खाद्य पदाथर्, दुग्धजन्य पदार्थ, ३० पिउने पानीसंग सम्बन्धित उद्योग, ४० अस्पताल तथा चिकित्सा सेवासंग सम्बन्धित उद्योग, ५० इन्टरनेट, ६० सुरक्षा तथा सरसफाइसंग सम्बन्धित उद्योग, ७० पेट्रोलियम पदार्थ तथा ग्यांससंग सम्बन्धित उद्योगहरु सुरक्षाका सबै उपायहरू अवलम्वन गरी यथावत रूपमा संचालन गर्न र बा“की सबै उद्योग प्रतिष्ठानहरू चैत्र १८ गते विहान ६ बजेसम्मका लागि बन्द गरी त्यहा“ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको निर्णयलाई सफल पार्न महासंघले आफ्ना मातहतका सबै सदस्य संघ÷संस्था÷उद्योग प्रतिष्ठानहरूलाई आग्रह गरेको थियो । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न समेत महासंघ अनुरोध गरेको छ।
महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन समेत आग्रह गरेको छ ।





प्रतिकृया