• २४ भदौ २०८३, बुधबार
  • ३ः२७ राती

बूढानीलकण्ठ नगरपालिकामा नगरवासीको स्वास्थ्य सूचना लिन सातवटा हटलाइन सेवा

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०७:०६

 

National Life

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्वास्थ्य अवस्था, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका बारेमा सूचना लिन बूढानीलकण्ठ नगरपालिकाले सातवटा हटलाइन सेवा व्यवस्था गरेको छ ।

नगरपालिकाको कार्यालय र साविकका छ गाउँ विकास समितिमा एक(एक गरी सात हटलाइन सेवा शुरु गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए छन् । हटलाइनबाट दिउँसो सूचना लिने गरिएको छ । सूचना लिएर आवश्यक सेवा दिन सजिलो हुने भएकाले यस्तो व्यवस्था गरिएको खरेलले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विदेशबाट आएका ३५ जना नगर क्षेत्रमा आफ्नै घरमा क्वारेन्टाइन छन् । विदेशबाट आई घरमै क्वारेन्टाइन बसेकाका बारेमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको छ । नगरपालिकाको वडा नं। ७ हात्तीगौँडामा रहेको छहारी भवन भनिने महिला अधिकारका लागि एकल महिलाको भवनमा ५० श्ययाको क्वारेन्टाइन बनाउन सकिने गरी तयारी गरिएको नगर प्रमुख खरेलले जाकारी दिए ।

मौसमी ज्वरो रुघाखोकी भएकालाई नगर क्षेत्रका छ वटा स्वास्थ्य चौकी र चार निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्रबाट खुलेका अस्पताल ह्याम्स, न्यूरो, करुणा र कपनले आइसोलेसन श्ययाको व्यवस्था गरेका छ ।

नगरपालिकाको कपन क्षेत्रमा खाद्यान्न नपाइने समस्या हुन थालेको छ । खुलेका खाद्यान्न पसललाई प्रहरीले नै बन्द गराउँदै हिँडेकाले अत्यावश्यक सामग्री पाउन नसकिएको उपभोक्ताको गुनासो छ । कपन क्षेत्रमा धेरै मानिस खाद्यान्न पसलमा जम्मा भएकाले प्रहरीले बन्द गराएका नगरपालिकाले जनाएको छ ।

नगर प्रहरीसमेत खटाएर बिहान बेलुका भीड नगराई तीन फिटको दूरी कायम गरेर खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । ठूला पसलमा कति खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको मौज्दात छ भन्ने पहिचान गर्न नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख खरेलले बताए। कोरोना सम्वन्धि जनचेतनाको काम भैरहेको र नगर बासीलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिने बताएका छन् ।

प्रतिकृया