• २४ भदौ २०८३, बुधबार
  • ३ः०० राती

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ७६ पुग्यो भने संक्रमितको संख्या ७ लाख नाघ्यो

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०८:४९

 

National Life

काठमाडौं।  एक सय ९९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा समेत फैलिएको कोरोनाका कारण ७ लाख २० हजार ६ सय ६१ मानिस सङ्क्रमित भएकामा एक लाख ५० हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन् । विश्वभर पाँच लाख ३५ हजार सात सय ९६ जनाको उपचार भइरहेको छ भने ३३ हजार ९ सय ७६ जनाको ज्यान गएको छ ।

माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमित मध्ये अहिलेसम्म डेढ लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । सबैभन्दा धेरै इटलीमा १० हजार सात सय ७९ जनाको ज्यान गएको छ । स्पेनमा पनि ज्यान गुमाउनेको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

स्पेनमा गएको २४ घण्टामा सबैभन्दा धेरै आठ सय २१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ हजार आठ सय तीन पुगेको छ । यसैगरी अमेरिकामा भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढ्दै गएको छ । अमेरिकामा आइतबार एकैदिन साढे १७ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अमेरिकामा एक लाख ४१ हजार एक सय ६९ जनामा कोरोना भएको पुष्टि भएको छ ।

प्रतिकृया