• २४ भदौ २०८३, बुधबार
  • ११ः०९ बिहान

अप्ठ्यारो परे जनप्रतिनिधिलाई खबर गर्नु : टोखा नगरपालिका

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०४:०३

काठमाडौँ, टोखा नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को लक्षण देखिए जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ । नगरपालिकाका जनप्रतिनिधि स्थानीयको सुख र दुःखमा साथ दिनकै लागि निर्वाचित भएकाले कोरोना भाइरसको लक्षण देखा परे तत्काल जनप्रतिनिधिलाई खबर गरी आवश्यक सहयोग लिन नगरपालिकाले आग्रह गरेको हो ।

National Life

नगरपालिकाका प्रमुख, उपप्रमुख वडाध्यक्ष, नगर कार्यपालिका सदस्य र वडा सदस्य जसलाई अनुकुल हुन्छ उहाँहरुलाई नै खबर गरी आवश्यक सहयोग लिन नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । जनप्रतिनिधिले स्वास्थ्य र सुरक्षाकर्मी खटाएर त्यस्ता सङ्क्रमित व्यक्तिलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

kumari

अधिकारीले भन्नुभयो “अहिले देश नै लकडाउनमा भएकाले सबै नागरिकलाई घरैमा बसेर लकडाउनलाई पूर्णरुपमा पालना गर्न म आग्रह गर्दछु ।” अहिले भनेको आफू पनि सुरक्षित भएर अरुलाई पनि सुरक्षित पार्ने बेला भएकाले लकडाउनलाई पूर्णरुपमा पालना गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट बच्च सकिने नगर प्रमुख अधिकारीले स्पष्ट गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने विभिन्न उपाय सहितको जनचेतनामूलक ब्रोसर निर्माण गरी नगरबासीको घरघरमा पु¥याउने काम गरेको, अन्य विभिन्न रोगको सङ्क्रमणबाट बच्चनका लागि क्लोरिनयुक्त पानी मिसाएर विभिन्न वडाहरुमा छर्कने काम गरेको छ । त्यस्तै नगरपालिकाको लोगोयुक्त माक्स उत्पादन गरी वितरण गरिएको छ ।

नगरक्षेत्रभित्रका पसलहरुको अनुगमन गरी सङ्कटका बेला कालोबजारी हुनबाट रोक्ने काम भएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
झुटा हल्लाको पछि नलागि सत्य र तथ्य सूचनाको मात्र विश्वास गरी पूर्णरुपमा सुरक्षित भइ लकडाउनको पालना गरी घरमै बस्न उहाँले नगरबासीलाई आग्रह गर्नुभयो ।

प्रतिकृया