• ४ साउन २०८३, सोमबार
  • १०:२९ बेलुका

कोरोनालाई सामान्य रुपमा नहेरौ, नेपाललाई कोरोना प्रभाब मुक्त बनाउन आजैबाट जागौ

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०३:४४

मदन घिमिरे

बिश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले संसारलाई नै अहिले त्राहि त्राहि पारिरहेको तथ्य जग जाहिर नै छ । कोरोनाबिरुद्ध बिश्वका शक्तिशाली राष्ट्रहरुपनि आज आएर पारस्परिक हित र सहयोगका लागि एक अर्कासँग हात फैलाईरहेका छन् ।

Kamana Sewa

कडा परिश्रमका बाबजुत कुनै पनि राष्ट्रले कोभिड १९ को औषधी बनाउन सकेको छैनन् भने बिकसित राष्ट्रहरुमा कोरोनाले आक्रमक अधिपत्यता जमाउँदै बिजयभाब साथ उग्ररुपमा आफ्नो रुौद्र रुप देखाउने क्रम बढ्दो छ । सत्य तितो छ, तर कोरोनाले मुत्यु रुचाएको छ । दिन दुईगुना राता चौगुना गरेर कोरोना कारण मुत्यु हुनेको संख्यामा बृद्धि हुदै गइरहेको छ ।

Classic Tech Desktop

बिश्वजगतमा खैल्ला बैल्ला मच्चाएको कोरोना भाइरसका नेपालमा पनि ४ जना संक्रमित फेला परिसकेका छन् । यद्दपी बिश्व स्वास्थ्य संगठन नेपालमा यसको जोखिम उच्च रहेको बताइसकेको छ ।

सरकारले अन्तराष्ट्रिय उडान, अत्याबश्यक आन्तरिक उडानबाहेक सबै उडान तथा लामोदुरि र छोटोदुरिको निजि एबम् सार्बजनिक यातायात संचालनमा रोक लगाइसकेको छ ।

जोखिम न्युनिकरणका लागि सरकारले देशलाई सम्पुर्णरुपमा लकडाउन गरेको छ । अत्याबश्यक बाहेकका कामना आम सर्बसाधारणलाई घर बाहिर ननिस्कन र कोरोना रोकथामका लागि अपनाउनु पर्ने साबधानी पनि सरकारले जारि गरेको छ ।

यस्तो बिषम परिस्थितीमा पनि केहि मानिसहरु आफु सुरक्षीत छु भन्ने भ्रम पाल्दै सरकारले गरेका अनुरोधलाई उपेक्षा गर्दै सार्बजनिक रुपमा बिना काम हिडडुल गर्ने, लोककल्याणकारी राज्यले ग्रहण गर्नुपर्ने अपनत्वसहित सरकारले बिदेशबाट आएका आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियमको अबमुल्यन गर्दै आफुसँगै सयौ ब्यक्तीमा जोखिम बढाउँदै क्वारेन्टाइनबाट भाग्ने गरेको समाचार पनि नआएका होइनन ।

कोरोनाबाट कोहि सुरक्षीत छु भन्ने सोचमा छ भने त्यो फगत एउटा भ्रम मात्र हो । हामी कोहि पनि कुनै पनि किसिमले सुरक्षीत छैनौ । हामी अझै केहि दिन धैर्यतापुर्बक कोराना भाइरसको नेपाल प्रभाब न्युनिकरणका लागि नेपाल सरकारले गरेको प्रयासलाई आत्मासाथ गर्न जरुरी छ । सरकारका क्रियाकलाप कोरोनाको जोखिम न्युनिकरणमा केन्द्रित छ । यद्दपि लकडाउनका कारण सृजित समस्याका समाधान खोज्नका लागि सरकार प्रयासरत रहेको आभाष हामीले पाएका छौ। लकडाउनको पाचौ दिनसम्म आइपुग्दा अत्याबश्यक खाध्य सामाग्रीको ब्यबस्थापनमा पनि सरकारले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ ।

कोरोना नियन्त्रण अभियानको निरन्तरता एबम् प्रभाबकारिता अब स्थानिय तहको जुझारुपन र सक्रियतामा भर पर्ने देखिन्छ । त्यसैले अबको कार्यदिशा भनेको सरकारले कोरोना संक्रमण फैलिन सक्ने मुख्यकारण भनेको बिदेशबाट आएका ब्यक्तीहरुलाई स्थानिय निकायको प्रत्यक्ष निगरानिमा क्वारेन्टाइन्मा राख्ने ब्यबस्थाका साथै शंका लागेको हरेका ब्यक्तीको कोरोना टेष्ट गर्ने संयन्त्र चाडो भन्दा चाडो लागु गर्न जरुरी छ ।

आम सर्बसाधारणले आफ्नो सामाजिक दायित्व मानि यो सरकारको समस्या नभई आप्mनो समस्याको रुपमा ग्रहण गरि सरकारले जारि गरेको निर्देशिका र लकडाउको पालन गर्न सकेमा जोखिम न्युनिकरणमा घेरै हद सम्म सहयोग पुग्ने छ । कोरोना त्रासका कारण स्वास्थ्य श्रेत्रमा देखिएका बिकृति रोक्न पनि सरकारको ध्यान जान जरुरी देखिन्छ ।

कोरोना भाइसरका कारण कतिपय हस्पिटलहरुले सेबा बन्द समेत गरेको पाइएको छ । यो स्वस्थ्य श्रेत्रको हालसम्मको सबैभन्दा ठुलो बिकृति हो । यो बिल्कुलै क्षम्य अपराध होइन । यो बिषयमा पनि सरकारले आफ्नो संबेदनशिलता देखाउन जरुरी छ ।कोरोना कुनै निश्चित बर्ग, भुगोल, परिधिको समस्या रहेन यो समस्याले बिश्वलाई आक्रान्त पारेको छ ।

शक्तिशाली राष्ट्रहरुको देशहरुको अबस्था आज नाजुक छ । त्यसैले समस्यालाई सामान्य रुपमा नहेरौ । सरकारले जारि गरेको लकडाउनको पालना गर्नुपर्ने कर्तब्यबाट हामी बिमुख नभई कोरोना भाइरस नियन्त्रण बिरुद्धको यो अभियानमा हामी सबैले साथ दिदै बिश्वको भयाबह स्थितिलाई हेरि हाम्रो देश नेपाललाई कोरोना प्रभाब मुक्त देश बनाउन आजैबाट जागौ ।

(लेखक बरिष्ठ चलचित्र निर्देशक हुन् )

प्रतिकृया