• २५ भदौ २०८३, बिहीबार
  • ८ः५७ राती

सभापति कोइरालाद्वारा कोरोना रोकथाम नियन्त्रण कोषमा सहयोग गर्ने घोषणा

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०४:२८

पोखरा, गण्डकी प्रदेश सभा कास्की क्षेत्र नं. १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा ब्यबस्थापन कोषमा सहयोग गर्ने घोषणा गर्नु भएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा ब्यबस्थापन गर्न गण्डकी प्रदेशमा १५करोडको कोष निर्माण गर्ने घोषणा गरे संगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

National Life

सभापति कोइरालाले विश्वभरि महामारीको रुपमा फैलिएको कोराना –कोभिड १९)को रोकथामको लागि सवैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्न आबश्यक रहेको बताउनु भएको छ । लकडाउनको पुर्णपालना गर्न सवैलाई आग्रह गर्दे उहाँले अनाबश्यक काममा घरबाहिर ननिस्कन अनुरोध गर्नुभएको छ ।

कोइरालाले सचेत सवै बन्नु पर्ने तर नआत्तिन पनि जनताहरुलाई आग्रह गर्नुभएको छ । सुःख दुखमा जनतासंगै आफुरहेको भन्दै अप्ठेरो परे आफुलाई सम्झन पनि आग्रह गर्नुभएको छ । कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा कोहि रोजगारी वा बैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भएपनि १४ दिन सम्म सेल्फ क्वारेनटाइनमा बस्न पुर्ने दोहोराउनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया