• २७ भदौ २०८३, शनिबार
  • २ः१९ दिउँसो

सिपाडोल रेडक्रसलाई एम्बुलेन्स हस्तान्तरण गर्दै

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०५:१०

भक्तपुरः निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अवधिभरलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

National Life

निक भुजिकिक हाउजिङ्गका प्रविण कुस्मा, पूर्ण बहादुर लिम्बु र डिल्ली बराइलीले आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका उपसभापति एवं सुर्यबिनायक नगरपालिका–८ का वडा अध्यक्ष किरण थापा तथा नेरेसो सिपाडोल उपशाखाका सभापति राकेश थापालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

निक भुजिकिक हाउजिङ्गले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अवधिभरलाई सिपाडोल रेडक्रसलाई चालक र पि पि ई सेट सहित एम्बुलेन्स हस्तान्तरण गरेको नेरेसो सिपाडोल उपशाखाका सभापति थापाले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

संक्रमण अवधि पछि निक भुजिकिक हाउजिङ्गले सो एम्बुलेन्स फिर्ता लैजाने र पछि अर्कै एम्बुलेन्स दिने प्रतिबद्धता व्यक्त गरेको थापाले बताए छन्।

प्रतिकृया