• २७ भदौ २०८३, शनिबार
  • १ः१६ दिउँसो

ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई काठेखोलामा राहत वितरण साथै निःशुल्क एम्बुलेन्स सेवा सुरु

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०५:३३

 

National Life

काठमाडौं । काठेखोला गाउँपालिका बागलुङले दैनिक ज्याला मजदुरीमा जीवन धान्ने घर परिवारलाई राहत वितरण सुरु गरेको छ । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी चलाउन धौधौ हुने भएकाले गाउँपालिकाले आफ्नो वडाका त्यस्ता नागरिकलाई बुधबारबाट राहत वितरण सुरु गरेको हो ।

बुधबार मात्र वडा नम्मबर २ का १३ घर परिवारलाई गाउँपालिकाकाका अध्यक्ष अमर थापाले राहत वितरण गरेका हुन् । उनले प्रत्येक परिवारलाई एक बोरा चामल, तीन किलो दाल र नुन वितरण गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

गाउँपालिकाले पहिलो चरणमा वडानम्बर २ बाट सुरु गरेको राहत वितरण ८ वटै वडामा पुर्‍याउने गाउँपालिकाका प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिएका छन् । गाउँपालिकाका १७० भन्दा बढी घरधुरी दैनिक ज्याला मजदुरीमा जीवन चलाउने पहिचान गरेको र ती सबैसमक्ष राहत पुर्‍याउने अधिकृत विश्वकर्माले जानकारी दिए ।

राहत वितरण साथै निःशुल्क एम्बुलेन्स सेवा समेत सुरु गरेको छ । बिहीबारबाट गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । रेडक्रस उपशाखा विहुले सञ्चालन गर्दैै आएको एम्बुलेन्सलाई गाउँपालिकाले आफ्नो स्वामित्वमा लिएर गाउँपालिका भित्रका बिरामी नागरिकलाई अस्पतालसम्म पुर्‍याउने व्यवस्था सुरु गरेको हो ।

प्रतिकृया