• २७ भदौ २०८३, शनिबार
  • ३ः२१ दिउँसो

दक्षिणकाली नगरपालिकाद्वारा दश लाखको आकस्मिक कोष स्थापना

प्रकाशित मिति

२०७६ चैत्र १३ गते, बिहीबार ०४:५३

 

National Life

काठमाडौँ। दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस ( कोभिड १९ ) सङ्क्रण फैलन सक्नेप्रति सचेत बन्दै नगरपालिकाले दश लाख रुपियाँको आकस्मिक कोष खडा गरेको छ । नगरपालिकाले नगरबासीको हितलाई ध्यानमा राखि उक्त कोष खडा गरेको हो ।

उक्त कोषमा सहयोग गर्नुहुने जो कोही इच्छुक संघ, संस्था, उद्योगी, व्यवसायि, राजनीतिककर्मी, समाजसेवी, बैंक तथा सहकारी संस्था लगायतका व्यक्ति संस्थालाई नगरपालिकाले कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य बैंक फर्पिङ शाखामा रहेको खाता नं. १२००००००७७०१ जम्मा गरी सहयोग गर्न नगरप्रमुख मोहन बस्नेतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट कसैको पनि आकस्मिक रुपमा ज्यान जानबाट रोक्नका लागि नगरपालिकाले आकस्मिक कोष खडा गरेको हो ।

प्रतिकृया