• ७ असोज २०८३, बुधबार
  • १२ः१६ दिउँसो

ओलम्पिक यो वर्ष नहुने

प्रकाशित मिति

२०७६ चैत्र १० गते, सोमबार ०२:१७

एजेन्सी, जापानमा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने निश्चित प्रायः भएको छ । जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने अपरिहार्य भइसकेको बताइ सकेका छन् ।

National Life

यसैगरी, सँसारभरका कतिपय देशहरुले ओलम्पिकको मिति सार्न दबाब दिइरहेका छन् । जुलाईमा तय भएको ओलम्पिक खेलकुद यो वर्ष हुनेमा शंका यसअघि नै भएको थियो ।

कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदाको संकटलाई मध्यनजर गरी जापानमाथि ओलम्पिकको मिति सार्न दबाब दिइएको हो । क्यानडाले जुलाईमा ओलम्पिक भए आफ्नो देश सहभागी नहुने घोषणा गरिसकेको छ । न्युजिल्यान्डले खुलापत्र लेख्दै मिति सार्न भनेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले कोरोना भाइरसको संक्रमण जापानमा पनि छ । ओलम्पिकमा धेरै पदक जित्दै आएको अमेरिका, चीन, युरोपेली देश, क्यानडालगायतमा संक्रमणले भयावह रुप लिइसकेको छ । ती देशहरुले ओलम्पिक सार्न आग्रह गर्दै आएका छन् ।

प्रतिकृया