• २१ भदौ २०८३, आइतबार
  • ५ः१९ बिहान

भारतको बिहारमा कोरोना संक्रमणका कारण एक जानाको मृत्यु

प्रकाशित मिति

२०७६ चैत्र ९ गते, आईतवार ०२:३३

 

National Life

काठमाडौं। संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण भारतको बिहार प्रान्तमा एक जनाको मृत्यु भएको छ ।
पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेह रोग रहेको बताइएको छ ।

प्रतिकृया