• ७ असोज २०८३, बुधबार
  • ११ः०७ बिहान

नासु र लेखापरीक्षक घुससहित पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०२:१०

काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षकलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले बुधबार उक्त कार्यालयमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई ५ हजार रुपैयाँ घुस लिने–दिने क्रममा पक्राउ गरेको हो ।

National Life

नासु पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार नासु पन्थी र लेखापरीक्षक श्रेष्ठलाई उक्त घुस रकमसहित निजहरु दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया