हजुरलाई नमस्ते ट्रेड लिंकले बजारमा ल्यायो श्रीलंकाका नयाँ प्रोडक्ट
प्रकाशित मिति
२०७६ फाल्गुन २९ गते, बिहीबार ०२:३६
काठमाडौं , टेम्पो चालकदेखि हेभी औजार बिक्रेताहरुको महासंघको अध्यक्षसम्म बनेका हजुरलाई नमस्ते ट्रेड लिंकका प्रमुख तारा बहादुर कुँवरले नयाँ व्यावसायिकरुपमा बजारमा देखिएका छन् ।
आफ्ना पढालेखेका छोरीहरु मार्फत् उनले व्यवसाय अघि बढाएका छन् । श्रीलंकामा ‘प्रसिद्धि कमाएको’ कुमारिका कपाल तेल र बेबी शेरामी दुई प्रोडक्टहरु हालै बजारमा ल्याइएको छ ।
नयाँ व्यापारिक ‘ट्रिक’ लगाउँदै उद्यमी कुँवरले पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनाल सहित दर्जन बढी सांसद र मेयरहरुका माझमा यी दुई प्रोडक्ट लन्च गरेका हुन् । शुक्रबार होटेल एभरेस्ट नयाँ बानेश्वरमा एउटा भव्य समारोह बीच लन्च गरिएका ती सामग्रीहरुको सार्वजनिक कार्यक्रममा श्रीलंकाली उत्पादकहरु पनि आएका थिए ।
पूर्वदेखि पश्चिम नेपालका विभिन्न २७ जिल्लामा समेत व्यापारी डिलर वितरण गरेको यो प्रोडक्टका लागि नेपालको आधिकारिक डिलर विक्रेता चाहिँ हजुरलाई नमस्ते ट्रेड लिंक रहेको छ । अघि पछि समाज सेवा, चक्रपथ सरसफाइ अभियान समेत सञ्चालन गर्दै आएका हेभी औजार बिक्रेता महासंघ अध्यक्ष कुँवरले उक्त प्रोडक्ट लन्च कार्यक्रममा आफ्नो जिन्दगीको मिठासपूर्ण भाषण समेत गरेका थिए । उत्पादक कम्पनीका अनुसार यी प्रोडक्टहरु कपाल र बालबालिकाको हेरचाहका लागि प्रसिद्ध छन् ।
कुमारिका र बेबि शेरामी नेपालमा एक वर्ष अघिदेखि नै बिक्री हुँदै आएका छन् । हेमाज म्यानुफ्याक्चरिङका निर्देशक रोय जोसेफ र हजुरलाई नमस्तेका प्रमुख कुँवरले पूर्व प्रधानमन्त्री खनाललाई साथमा लिएर सार्वजनिक गरेका थिए ।
हेमाज होल्डिङ्ग एक श्रीलङकन व्यावसायिक कम्पनी हो जसले विगत ७० वर्षदेखि पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु एफएमसिजी, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा काम गर्दै आएको छ ।हेमाज मेनुफ्याकचरिङले गुडविल कमाएका उत्पादनहरु बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन, माउथवास,सकिन केयर, साबुन, लोसन, बडि वास) हेयर केयर (ओइल, स्याम्प, कन्डिसनर सिरम) सगन्ध अत्तर र कोलोन (महिला, पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स उत्पादन गर्दै आइरहेको छ ।
यो कम्पनी श्रीलंकामा सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा उत्पादन शुरुवात भएको हो ।






प्रतिकृया