• ७ असोज २०८३, बुधबार
  • १०ः१६ बिहान

सेयर बजारलाई पुँजीपतिले कारोबार गर्ने थलोको रुपमा बुझ्नु हुँदैनः अर्थमन्त्री खतिवडा

प्रकाशित मिति

२०७६ फाल्गुन २९ गते, बिहीबार ०१:४५

काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई पुँजीपतिले सेयर कारोबार गर्ने थलोको रुपमा मात्रै बुझ्न नहुने बताउनुभएको छ । संसदमा धितोपत्र बिधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारले गरेका नीतिगत सुधारले पुँजी बजारसम्म जनताको पहुँच स्थापित गरेको बताउनुभयो ।

National Life

सरकारले गरेको नीतिगत सुधारले थोरै थोरै भए सेयर हाल्न चाहनेका लागि सेयरमा लगानी गर्ने अवसर मिलेको उल्लेख भन्नुभयो, ‘थोरै भए पनि कुनै कम्पनीको मालिक बन्न सकुन् भन्ने उद्देश्यले कानुनी प्रबन्ध गरिएको छ, यसले जनतालाई अन्य क्षेत्रसँगै कुनै कम्पनीको स्वमित्व पनि दिन्छ।’

मन्त्री खतिवडाले नियमनकारी निकायलाई बजारको सिद्धान्तअनुसार धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक र कानुनसम्मत सञ्चालन गराउने गरी अधिकार दिइएको उल्लेख समेत गर्नुभयो । नियमनकारी निकायले प्रणाली नियन्त्रण गर्ने नभइ नियमन मात्रै गर्ने उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया