• २२ भदौ २०८३, सोमबार
  • ८ः३८ राती

कोरोनाबारेमा सचेतना फैलाउन भगवानलाई मास्क !

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार १२:००

एजेन्सी । भारतको बनारसमा रहेको प्रह्लादेश्वर मन्दिरमा भगवानको प्रतिमामा फेस मास्क लगाउन थालिएको छ । भक्तजनलाई मास्क लगाएर कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि सचेतना अपनाउन यस्तो पहल थालिएको एक पुजारीले बताए ।

National Life

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले संक्रमण रोक्नका लागि स्वास्थ्य अधिकारीहरूले गरेको प्रयासस्वरूप भारतमा एकजनाको पनि मृत्यु नभएको र कोरोनाको केस पनि कमै मात्र रहेको बताए । सामान्य रुघाखोकी झैं लाग्ने कोरोनाविरुद्धको सचेतना फैलाउन अभियान चलाइएको उनको भनाइ छ । अब त्यस अभियानमा देवीदेउताले पनि साथ दिएका छन् ।

‘हामीले भगवान् विश्वनाथलाई मास्क लगाएर कोरोनाभाइरसविरुद्ध सचेतना फैलाउन खोजेका छौं । जाडोमा भगवानको प्रतिमामा वस्त्र लगाइदिने र गर्मी हुँदा एसी वा फ्यान लगाइने गरे झैं अहिले मास्क लगाइदिएका हौं,’ पुजारी कृष्णानन्द पाण्डेले भने । भक्तजनलाई भगवानको प्रतिमा छुन सख्त रूपमा निरुत्साहित गरिएको पाण्डेको भनाइ छ । उनी आफैं पनि पूजाका बेलामा मास्क लगाइरहेका छन् ।

Classic Tech Desktop

भारतका मन्दिरहरूमा यसअघि पनि देव प्रतिमामा मास्क लगाइएको हो । भारतमा गत नोभेम्बर चरम वायु प्रदूषण हुँदा शिवपार्वती मन्दिरमा प्रतिमामा मास्क लगाइएको थियो । हिन्दू धर्ममा देवमूर्तिहरूलाई जीवित प्राणीको दर्जा दिइने पुजारीले बताए ।

प्रतिकृया