• २१ भदौ २०८३, आइतबार
  • ५ः१९ बिहान

७५ लाख ठगी गरेका ठेकेदार भेटवालले गरे आत्मसर्पण

प्रकाशित मिति

२०७६ फाल्गुन २७ गते, मंगलवार ११:५२

काठमाडौं, ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार भेटवालले प्रहरीसमक्ष मंगलबार आत्मसर्पण गरेका हुन् ।

National Life

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवालले महानगरीय प्रहरी परिसर टेकू पुगेका थिए । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारत पुगेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

प्रतिकृया