• १९ भदौ २०८३, शुक्रबार
  • ३ः०६ राती

निर्माणधीन पुल खस्दा तीन जना घाइते

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ०५:३३

गोरखा, निर्माणधीन पुल खस्दा तीन जना घाइते भएका छन् । गोरखा पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्याङ्दी नदीमाथि निर्माण भैरहेको पुल मंगलबार राति खस्दा तीन जना घाइते भएका हुन् ।

घाइते भएका २ लाई स्थानीय मेडिकलमा र एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उक्त पुल ४३ मिटर लम्बाइको थियो । ढलानका लागि फर्मा टेकाएर छड बाँध्ने काम भइरहेका बेला एक्कासी पुल ढलेको हो । पुल ढलानका लागि ३ हजारभन्दा बढी टेका लगाइएको थियो । टेका राम्रोसँग जमिनमा नअडेका कारण पुल ढलेको हुनसक्ने बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया