कसरी जोगिने कोरोना भाइरसबाट ? यस्तो छ विज्ञहरुको सुझाव
प्रकाशित मिति
२०७६ फाल्गुन २१ गते, बुधबार ०५:००
काठमाडौं, चीनबाट फैलिएको कोरोना भाइरस ( कोभिड–१९ ) कोबारेमा विश्व नै चिन्तित बनेको छ । विश्वभरका ७३ भन्दा बढी देशहरु कोरोना भाइरसको फैलि सकेको छ । नेपालमा हाल सम्म कसैमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छैन तर नेपाल संक्रमाणको उच्च जोखिममा भने रहेको स्वास्थ तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।
कोभिड–१९ को संक्रमाणले विश्वभरका तीन हजारको मृत्यु भैइसकेको छ भने ८९ हजार संक्रमित रहेका छन् । महामारी रोक्न धेरै देशले प्रयास गरिरहेको भएपनि यसको समाधान के हो हालसम्म पत्ता लाग्न सकेको छैन ।

कोरोना भाइरसको संक्रमाणबाट विज्ञहरु यस्तो सुझाव दिएका छन् :

१- पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ ।
२- नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ ।
३- घाममा बसौँ ।
४- नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ ।
५-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।
६- बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।
७-लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
८- भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
९-पर्याप्त मात्रामा सुतौं ।
१०-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ ।
११- मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
१२- दिल खोलेर हाँस्ने गरौँ ।
१३-नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ ।
१४-ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
१५- सरसफाइमा अल्छी नगरौँ ।




प्रतिकृया