• ७ असोज २०८३, बुधबार
  • १०ः१७ बिहान

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकै दिन २२ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ११:३४

काठमाडौं । केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

National Life

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो । यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो । अन्तर्रा्ष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया