• ७ असोज २०८३, बुधबार
  • ११ः५० बिहान

काभ्रेमा बस दुर्घटना हुँदा २५ जना घाइते

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार १२:०२

काभ्रे, काभ्रेको कोशीपारीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना भएको हो। साइड दिने क्रममा बस दुर्घटनामा परेको स्थाीय सुसन सापकोटाले जानकारी दिए।

National Life

घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भइएरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया