• ७ असोज २०८३, बुधबार
  • १२ः२३ दिउँसो

एसीसी इस्टर्न रिजन टी-२० : कुशल मल्लको उत्कृष्ट पारीसँगै नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार १०:४८

काठमाण्डौ । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५।३ ओभरमा पूरा गर्दा कुशल मल्लले उत्कृष्ट पारी खेले ।

National Life

पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ५ चौका र २ छक्कासहित ३६ रनको नट आउट पारी खेले । यसैगरी पवन शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल सामना गर्दै ३ छक्का र २ चौका प्रहार गरे । नेपालले एक मात्र विकेट पारसको रुपमा गुमाएको हो । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धा्रित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनाएको थियो ।

नेपालका लागि करण केसीले सर्वा्धिक तीन विकेट लिँदा अविनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिँदै एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।

प्रतिकृया