• २५ भदौ २०८३, बिहीबार
  • ८ः०२ राती

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण ९ बजेदेखि शुरु गरिने

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ०७:३४

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आज (बुधबार) बिहान ९ बजे मृगौला प्रत्यारोपण हुँदै छ । प्रत्यारोपण गर्नुअघि मंगलबार राति १२ बजेबाट उनलाई केही खान नदिइने चिकित्सकले बताएका छन् ।

National Life

प्रधानमन्त्री ओलीको रक्तचाप एवं शरीरको तापक्रमलगायत अन्य स्वास्थ्य अवस्थाको जाँचको रिपोर्ट राम्रो आएको त्रिभुवन विश्वविद्यालयका कुलपति डा. धर्मकान्त बास्कोटाले जनाएका छन् । मंगलबार दिउँसो अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले प्रत्यारोपण गर्नु अघिको स्वास्थ्य विवरण राम्रो रहेको जानकरी गराएका छन् ।

अस्पतालका निर्देशक खड्गाका अनुसार वरिष्ठ मृगौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहको नेतृत्वमा नेफ्रोलोजी टीमले प्रत्यक्ष निगरानी गरिरहेको छ । ओलीलाई भान्जी साइनो पर्ने समीक्षा संग्रोलाले मृगौला प्रदान गर्न लागेकी छन् ।
अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ मृगौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम र शर्मा र वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीको समन्वयमा मृगौला प्रत्यारोपण गरिने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेकी डा. शाहको नेतृत्वमा खटिएको नेफ्रोलाजी टीमले तयार पारेपछि युरोलोजी टीममा रहेका चिकित्सक शल्यक्रियामा संलग्न हुने छन् । नेफ्रोलोजी र युरोलोजी टीममा अन्य चिकित्सक डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौेडेल, डा. महेश प्रधान पनि शल्यक्रियमा संलग्न हुने छन् ।

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. काफ्लेका अनुसार अस्पतालको सफलताको आँकडा ९८ प्रतिशतभन्दा बढी छ । नेपालमा प्रत्यारोपणमा भएको यो सफलता सुखद हो । शंकै गर्नु पर्दैन । प्रधानमन्त्रीको प्रत्यारोपण पनि सफल हुन्छ ।

प्रतिकृया