• २५ भदौ २०८३, बिहीबार
  • ११ः२२ राती

पर्वतका सुमन बेल्जियममा मृत भेटिए

प्रकाशित मिति

२०७६ फाल्गुन २१ गते, बुधबार ०७:२६

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङ घर भई बेल्जियममा रहँदै आएका ३५ वर्षीय सुमन जैसी मृत फेला परेका छन् ।

National Life

बुवा हरिराम, आमा देवी, पत्नी र छोरीको साथमा बेल्जियमको लुभेनमा बस्दै आएका सुमन आस्कोट ट्रेन लिगमा क्षत विक्षत भएको अवस्थामा फेला परेका नेपाल जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष गंगाधर गौतमले जानकारी दिए ।

उनले केही समय अघिदेखि आफूलाई पारिवारिक चिन्ता रहेको भनी साथीहरूसँग पीडा पोख्दै आएका कारण रेलको लिगमा पुगेर आत्महत्या गरेको हुन सक्ने अनुमान छ । सुमन आफू कार्यरत रेस्टुरेन्टमा काम गर्न जान पनि छाडेका थिए । हत्या हो कि आत्महत्या हो भन्ने यकिन गरेर भन्न नसकिएका कारण घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने जनसम्पर्क समितिका अध्यक्ष गौतमले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया