निर्माण व्यवसायी संघ भक्तपुरमा बस्ताकोटीको नेतृत्व मा नयाँ कार्यसमिति
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०८:४६
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् । शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको निर्वाचन अधिकृतले कृष्णुरारी खनालले बताउनुभयो ।

संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरी दाहाल के.सी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधिर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रामहरि फुयाँल, रोशन कुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुल्सी मैयाँ ज्याख्वा रहेका छन् ।

त्यसगरि अधिवेशनले चार नगरका संयोजकहरुको समेत चयन गरेको छ । जसमा चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन भएका छन् । यस अघि साधारण सभाको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष रबि सिंह, संघका सल्लाहकार तथा प्रदेश सांसद कृष्णलाल भँडेल, निबर्तमान जिल्ला अध्यक्ष निरन्जन बजगाईंले निर्माण ब्यबसाय क्षेत्रका समस्यालाई चिर्न र यस क्षेत्रको छबी माथि उठाउन सबै ब्यबसायी एक हुनुपर्ने बताउनुभयो ।





प्रतिकृया