• 10:32 am

२८४ बिघा जग्गा सरकारको नाममा कायम गराएः भूमिमन्त्री अर्याल

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०१:३८

गुठी विधेयकमा व्यापक जनविरोधपछि पुन ल्याउने तयारीमा मन्त्री पद्माकुमारी अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौ २०७५ मा मन्त्री बने यता विभिन्न कारणले व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता गरेको बताउनुभयो । भूमिमन्त्री अर्यालले २८४ बिघा ५ कठ्ठा १५ धुर जग्गा नेपाल सरकारको नाममा कायम गरेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले शुक्रबार आफ्नो कार्यकालमा भएका उपलब्धी सार्वजनिक गर्नुभयो । उहाँले हदबन्दी भन्दा बढी रहेको १० हजार १९२ बिघा जग्गा रोक्का राखेको जानकारी दिनुभयो। उहाँले गुठीयारहरू खुशी भएर मन्त्रालयले गुठी विधेयक लगायतलाई समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी भएको बताउनुभयो ।

मन्त्री अर्यालको अनुसार मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदा हेरेर गुठीयारहरूले अब भावना मिलेको बताए । संसदमा दर्ता भएको गुठी विधेयकमा व्यापक जनविरोधपछि गत असारमा सरकारले फिर्ता लिएको थियो । त्यही विधेयक पुनः ल्याउने तयारीमा मन्त्रालय लागेको हो ।

नेपालको मिचिएको भूमि सहितको नक्सा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको, नाप नक्सामा लाइडर नापी प्रविधि अपनाइएको, आनलाइन निगरानी प्रणाली लागु गरिएको मन्त्रालयद्वारा सार्वजनिक पुस्तिकामा उल्लेख छ ।

आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर सरकारले सगरमाथाको उचाई मापन सम्बन्धी ९० प्रतिशत काम सम्पन्न भइसकेको छः मन्त्री अर्यालले बताउनुभयो ।

प्रतिकृया