भक्तपुरमा एक साथ १६ वटा पुल निर्माण हुँदै: सांसद बस्नेत
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०३:१२
भक्तपुर । सांसद महेश बस्नेतले भक्तपुर २ नम्बर क्षेत्रमा १६ वटा पूल निर्माण कार्य सुरु गरेका छन् । चालू आर्थिक बर्षमा भक्तपुर जिल्लामा पूर्वधार विकास तिव्रताका साथ हुने बस्नेतले बताउनु भयो । पाएको छ। भक्तपुरको इतिहासमा एक साथ पहिलोपटक १६ पुल निर्माण गरिएको हो ।
शुक्रबार नेपाल सरकारको स्थानीय स्तरको सडक पुल अन्तरगत गुण्डू घट्टाको बाधमा पुल निर्माण कार्यको शिलान्यास गर्दै बस्नेतले आफू सधै काम, काम र काममा लागेको बताउनुभयो ।
कार्यक्रममा सांसद बस्नेतले भक्तपुरको सिपाडोल, दधिकोट, सिरुटार लगाएत अन्य स्थानगरि १० साना पुल र नेपाल सरकारकै लागतमा काठमाडौं र भक्तपुर जोड्ने बेलिब्रिज, कौशलटार र बालकोट, गठ्ठाघर र बालकोट एबम् भक्तपुर र थिमी नगरपालिका जोड्ने लगायतका ६ ठूला पुल पनि निर्माणको प्रक्रिया शुरु भइसकेकको जानकारी गराउनुभयो ।
बालकोट रानीकोड सडकखण्डमा ४० करोडको टेण्डर सकिएको, शिरुटार जाने सडकमा ६ करोडको काम सकिएको , बालकोट रेडक्रस सडकमा थप ७५ करोड बजेट परेको भन्दै पलासेदेखि डोलेश्वरसम्म ३ किलोमिटर बाटो १४ करोडको लागतमा सकिएको,आदर्शचोक देखि घ्याम्पेडाडा जाने सडक ७ करोडको बजेट छुट्टाइएको बताउँनु भयो।
त्यस्तै भक्तपुरमा ल्यान्ड पुलिङ्, स्मार्ट सिटी लगायतको काम पनि अघि बढेको उहाँको भनाई थियो । बस्नेतले विकासमा विवाद गर्न र भ्रम छर्न आबश्यक नरहेको बताउँदै अब भोटको राजनिति गर्ने दिन सकियको भन्दै भक्तपुरलाई आकासबाटै चिन्न सकिने देशकै नमुना बिकसित शहरका रुपमा बिकास गर्ने उद्देश्यमा आफु अडिक रहेको बताउनु भयो ।
जडिबुटीको सवारी चाप न्युनिकरणका लागि जडिबुटीको आँखा अस्पताल अगाडि बनाइएको काठमाडौ र भक्तपुर जोड्ने बेलि ब्रिजसँगै अर्को पुल निर्माण गरिने समेत गरिने उहाँले बताउनुभयो ।
उहाँले २०५४ सालमा स्व. मनमोहन अधिकारीबाट उद्घाटन गरिएको गुण्डु बुढीगण्डकी पुललाई सोही अवस्थामा राखेर छेउमा अर्को पुल बनाइने बताउँदै सडक निमार्ण तर्फ पनि महत्वपूर्ण काम भएको जानकारी दिनुभयो ।
कार्यक्रममा सुर्यबिनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटा,वडा न ८ का वडाअध्यक्ष किरण थापा,वडा सदस्य अर्जुन खतिवडा ,कृष्णजीत माकजु ,प्रहरी बृत्त जगातीका प्रमुख डि.एस.पि चक्रराज जोशी लागाएत स्थानिय बुध्दिजीवी,समाजसेवी,एवम् भद्रभलादमी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला संमन्वय समिति उप प्रमुख सरिता कुँवरले भक्तपुरको बिकासका लागि सांसद बस्नेतले खेल्नु भएको भुमिकाको प्रसंसा गर्दै भक्तपुरले सांसद बस्नेत जस्तो नेता पाउनु गर्भको कुरा भएको बताउँदै भक्तपुरले नसोचेको बिकास अनुभुति गरिरहेको बताउनु भयो ।
प्रतिकृया