कोरिडोरको समस्या समाधानका लागि आठ बिषयमा छलफल
प्रकाशित मिति
२०७६ फाल्गुन १५ गते, बिहीबार १०:०७
भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाद्वारा संचालित हनुमन्ते जग्गा एकिकरण आयोजनामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष नेतृत्वमा आठ वटा विषयमा छलफल गरि स्थलगत अवलोकन भएको छ ।
बुधवार भक्तपुरको विकासमा लाईफलाईनको रुपमा रहेको हनुमन्ते नदीको कोरिडोरका विषयमा भएका विविध समस्या तथा तिनको समाधानको विषयमा सम्बन्धीत निकाय तथा सरोकारवालाहरुसँग छलफल भएको हो । छलफलसँगै आयोजनमा स्थानीयवासीमा रहेको भ्रम क्रमिक रुपमा हट्दै गएको छ । कुनै पनि जनतालाई आयोजनाका नाममा सकुम्वासी नबनाउने लक्ष्यका साथ ल्याईएको उक्त जग्गा एकिकरण आयोजनाले स्थानीयवासीलाई नै थप फाईदा हुने भएको छ । यो भएसँगै हनुमन्ते नदीमा निर्माणाधिन कोरिडोरको समस्या समाधान हुँदै गएको छ ।

आयोजनाको अनुगमन पछि ’हनुमन्ती जग्गा एकीकरण आयोजनाको संक्षिप्त परिचय’,’आयोजनाको बैंक खाता, लेटरप्याड तथा कार्यालय छाप’, ’आयोजना क्षेत्र भित्र जग्गा कित्ताकाट र निर्माण कार्यमा रोक्का’, ’आयोजनाको DPR को लागि सूचना प्रकाशन गर्ने बारे’, ’आयोजना क्षेत्रको Cluster संख्या निर्धारण’, ’सहयोग समिति गठनको सूचना’, ’आयोजना सम्पन्न गर्ने अवधि ३ बर्ष कायम गर्ने’ र ’विविध’ विषयहरुमा छलफल भएको छ ।

आठ वटा विषयमा भएको विषेश छलफल पछि उक्त कुराहरुलाई अझ बढी प्रभावकारी ढंगले अघि बढाउन र आयोजना निर्माणलाई अझ वढी व्यापकता प्रदान गर्न आगामी १९ गते दिनको ४ बजे कमेरोटार जग्गा एकीकरण आयोजनाको अफिसमा बस्ने समेत निर्णय गरेको छ ।






प्रतिकृया