वैदेशिक रोजगारीले लियो ७ महिनामा ५ सय १३ को ज्यान
प्रकाशित मिति
२०७६ फाल्गुन १५ गते, बिहीबार ०९:२६
मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या धेरै
काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरुले विदेशी भूमिमै ज्यान गुमाए ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ७ महिनामा सबै भन्दा धेरै मलेशियमा १ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तैगरि साउदी अरेबिया पुगेका १ सय २० जनाको ज्यान गएको छ ।
कतारमा रोजगारीमा काम गर्न गएका ८६ जना, संयुक्त अरब एमिरेट्स पुगेका ८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुवेतमा २५ जना, दक्षिण कोरियामा ९ जना, बहराईनमा ६ जना, पोल्याण्डमा ३ जनाले ज्यान गएका छन् ।
अफगानिस्तान, जोडन, माल्दिभ्समा २र२ जना र प्रोचुगल, टर्की, ईजरायल, साईप्रसमा १र१ जना नेपालीले रोजगारीकै क्रममा ज्यान गुमाएको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार २ सय २१ जना कामदार विदेशी अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन् ।
मृतकका परिवारलाई ३७ करोड १७ लाख
चालू आर्थिक वर्षको ७ महिनामा सरकारले ५ सय ३१ परिवारलाई ३७ करोड १७ लाख रुपैयाँ प्रदान गरेको छ । प्रतिव्यक्ति ७ लाखका दरले परिवारलाई सहयोग गरेको छ । जीवन बीमा अन्तर्गत प्रतिव्यक्ति १० लाख दिने गरेका छ ।
वैदेशिक रोजगारीका शिलशिलामा मृत्यु हुने श्रकिमका परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप ७ लाख आर्थिक सहयता दिदै आएको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई कल्याणकारी कोषबाट राहत दिने गरेको सूचना अधिकारी सुवेदीले बताए । वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका र विरामी भएका श्रमिकलाई पनि बोर्डले अवस्था अनुसार आर्थिक सहयोग गदै आएको उनले बताए ।






प्रतिकृया