• ८ असोज २०८३, बिहीबार
  • ९ः५९ राती

आधा किलो सुन बाँडीचुडी खाने इन्स्पेक्टरसहित १६ प्रहरी निलम्बन गर्न अख्तियारको निर्देशन (नामावली सहित)

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०६:२७

काठमाडौं । टिमुरे सीमा चौकीका प्रहरी निरीक्षक खेमप्रसाद नेपालीसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

National Life

आधा किलो सुन नियन्त्रणमा लिएर बाँडीचुडी गरेको भन्दै अख्तियारले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
केरुङबाट नेपाल आउदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने क्रममा भेटिएको ४२२ ग्राम सुन लिएर चालकलाई छोडेको आरोप अख्तियारको छ ।

११ फागुनमा चालक फुर्वा पासाङको साथबाट सुन लिएर कानुनी प्रक्रिया पूरा नगरी बाँडीचुडी गरेको भन्दै अनुसन्धानका लागि निलम्बन गर्न अख्तियारले यस्तो निर्देशन दिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले उक्त चौकरीमा कार्यरत प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपी बहादुर लो तामाङ, प्रहरी जवान शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, प्ररिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, तारा बहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरीबहादुर श्रेष्ठसमेत १६ जनालाई निलम्बन गर्न निर्देशन दिएको हो ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम उनीहरू कार्यरत रहेको पदबाट निलम्बन गर्न निर्देशन दिएको जानकारी दिए ।

 

प्रतिकृया