• 12:21 pm

सभापति देउवाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै जारी गरे यस्तो विज्ञप्ति

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०७:१०

काठमाडौं, मुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमाथि लागेको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आफू प्रधानमन्त्री हुँदाको कुनै पनि मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको जग्गा भाडामा लगाउने निर्णय नगरेको स्पष्ट पर्दै बुधबार विज्ञप्ति जारी गर्नु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएको देउवाले वर्तमान सरकारको सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरण लगायत गम्भीर अनियमितताका प्रकरणबाट ध्यान मोड्न आफ्नो नाम अनाश्यक रुपमा ल्याएको उल्टै गम्भिर आरोप समेत लगाएउनु भएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन, मेरो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने वा गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

प्रतिकृया