• ०८:१२ २०८१ बैशाख ७ गते
  • 8:12 am

७० करोड प्रकरणः अडियो क्यारिकेचेर गरेर बनाईएको बाँस्कोटाको दाबी

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०१:४३

baskota 00

काठमाडौं, निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटा अडियो आफ्नो नभएको दाबी गरेका छन् । आफूनिकट नेता तथा कार्यकर्ताहरुसँगको कुराकानीमा उक्त अडियो आफ्नो नभएको र क्यारिकेचेर गरेर बनाईएको दाबी गरेका हुन् ।

यो प्रकरण अख्तियारले छानबिन गर्ने भैसकेको छ । अडियो बाहिर ल्याउने मिश्रलाई पनि पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनलाई पत्राचार भैसकेको छ ।

मिश्रले आफूले उक्त अडियो प्रधानमन्त्रीलाई नदिएको बताएका छन् । तर, केही दिनअघिमात्रै उनले दुई महिना अघि नै प्रधानमन्त्रीकहाँ उक्त अडियो पुर्याएको समाचार जोडतोडले छापिएको थियो । यो सँगै प्रधानमन्त्री ओलीपनि यो प्रकरणमा मुछिन पुगेका हुन् ।

बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपको अडियो टेप सार्वजनिक भएपछि फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया