• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

रास्वपाले सच्यायो केन्द्रीय सदस्यको सूची, दुई सदस्यको नाम हेरफेर

प्रकाशित मिति

२०८३ असार १६ गते, मंगलवार १२:४७

१६ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको मत परिणाम तथा उम्मेदवारीसम्बन्धी कागजात पुनः अध्ययनपछि सूची संशोधन गरेको हो।

National Life

आयोगका अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठको स्थानमा ध्रुवकुमार थापामगरलाई निर्वाचित घोषणा गरिएको छ। यस्तै, गण्डकी प्रदेशको प्रादेशिक (भूगोल)तर्फ सोम शर्माको स्थानमा पूजा बास्तोलालाई केन्द्रीय सदस्य घोषणा गरिएको छ।

महाधिवेशनमा बढी मत प्राप्त गरेका उम्मेदवारहरू क्लस्टर मिलाउने क्रममा निर्वाचित हुन नसकेको गुनासो आएपछि आयोगले मत परिणाम र उम्मेदवारीका कागजात पुनः अध्ययन गरी सूची सच्याएको जनाएको छ। आयोगले संशोधित निर्णयअनुसार ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित केन्द्रीय सदस्यका रूपमा घोषणा गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया