• 4:12 pm

गुलाबको फुल स्वास्थ्यको लागी फाइदाजनक

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०१:०८

प्रेमको प्रतिक मानिने गुलाबको फुल घरको सजावटको लागी मात्र होइन् , स्वास्थ्यको लागी पनि फाइदाजनक छ । यस फुलको पत्रहरु हाम्रो स्वास्थ्य आउने केही समस्याको लागी उपयोगी हुन्छ । यसको सेवन गर्नाले सुन्दरता ,सुगन्ध र मानसिक रुपमा उत्साह बढाउँछ । त्यसका साथै विभिन्न सक्रमणबाट पनि बचाउँछ ।

गुलाब प्रयोग गर्नुको फाइदा

कब्जियतः अधिकांश मानिसहरुमा कब्जियतको समस्या हुन्छ । यदि गुलाबको फुललाई पिसेर राती सुत्ने बेलामा दुधमा मिसाएर खाएमा कब्जियत निको हुन्छ । किनभने यसमा फाइबरको मात्रा धेरै हुन्छ ।
युरिनरी इंफेक्सनः यदि तपाईको युरिनरी इंफेक्सनको समस्या छ भने गुलाबको फुल लाभदायक हुन्छ । किनभने गुलाबमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । त्यसका लागी गुलाबको फुललाई उमालेर त्यो पानीले इंफेक्सनमा भएको ठाँउमा धुनुस् ।
अनियमित महिनावारीः यदि महिलाहरुमा अयिमित महिनावारी हुने समस्या छ भने त्यसका लागी पनि गुलाब गुणकारी हुन्छ । त्यतिमात्र होइन् महिनावारीको समयमा हुने दुखाई पनि कम गर्न मदत गर्छ । त्यसका लागी विहान बेलुका गुलाबको फुल खानुपर्छ ।
डार्क सर्कलः आखाँको मुनि भएको कालो धब्बाको लागी पनि गुलाफ अचुक औषधी हो । त्यसका लागी नियमित विहान गुलाबको पेस्ट बनाएर आखाँको डार्क सर्कलमा लगाएर आधा घण्टाजति छोड्नुस् । त्यसपछि धुनुस् । त्यतिमात्र होइन् गुलाबको पेस्टलाई दुधमा मिसाएर छालामा लगाएमा सुन्दर र नरम हुन्छ । त्यसका साथै शरिरका सक्रमण हुनबाट पनि बचाउँछ ।

प्रतिकृया