• १५:२१ २०८० चैत्र १६ गते
  • 3:21 pm

मनोहरा जग्गा एकिकरणको शिलान्यास

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार १२:३६

sss00

भक्तपुर, मध्यपुर थिमि वडा–२, साविक दिव्यश्वरी ७ ख, ६ क को मनोहरा जग्गा एकिकरणको शिलान्यास गरिएको छ । मंगलबार विहान वडा २ का अध्यक्ष राम थापामगर र सहयोग समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता अस्ट कुमार कवेले मनोहरा जग्गा एकिकरणको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेता कवेले आयोजना अब भने समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उक्त आयोजना सुरु भएको १३ वर्ष पछि मनोहरा जग्गा एकिकरण पुन सुचारु रुपले चलाउने मनसायले शिालन्यास कार्यक्रम गरिएको वडा अध्यक्ष थापामगरले बताउनुभयो । स्थानीय वासिन्दाको गुनासो र समस्याको समाधानको निम्ति सम्पर्क कार्यलय समेत खोलिएको छ ।

उहाँले किसानहरुको जग्गा १० प्रतिशतको आधारमा कटौती गराएर हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । कतै ६ मिटर, कतै ८ मिटर र कतै ११ मिटरको बाटो, बत्तीको खम्बा, ढल, पानीको सुविधा सहित विकसित जग्गा तयार गरी हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । उपभोक्ता समिति मार्फत सार्वजनिक जग्गाहरु एकिकरण गरेर अन्तरराष्ट्रिय स्तरको रंगशाला बनाउने योजना समेत रहेको थापामगरले जानकारी दिनुभयो । उहाँले रंगशाला बनाउनको निम्ति पर्याप्त जमिन नपुग्ने भएर काम अगाडी बढ्न सकेको गुनासो पोख्नु भयो ।

अध्यक्ष थापामगरले किसानहरुले बालिनाली लगाएको नापजाच गरि भुभाग परेको अनुसार क्षतिपुर्ती दिएर काम अगाडी बढाउने बताउनुभयो । आजै मनोहरा जग्गा एकिकरणको शिलान्यास कार्यक्रम अन्तरगत ट्रयाक खोलेको बताउनुभयो । काठमाडौँ महानगरपालिका र मध्यपुर थिमिको संयुक्त पहलमा आयोजनाको सुरुवात भएको हो । कार्यक्रममा जग्गा धनि समितिका कर्मचारी, आयोजनाका कर्मचारी, वडाका कर्मचारी लगायतको सहभागीता रहेको थियो । आयोजनाको अध्यक्षमा काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र उपाध्यक्षमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ रहनुभएको छ ।

प्रतिकृया