• 11:55 pm

इटालीमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै : ७ जनाको मृत्यु, २२९ जना संक्रमित

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार ०८:१०

काठमाडौँ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट मंगलबार बिहानसम्म सात जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर सोमबार बेलुकासम्म २२९ जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिएका छन् । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् ।

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन । स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् ।

प्रतिकृया