• २१ भदौ २०८३, आइतबार
  • ४ः४३ बेलुका

लाइसेन्स प्रिन्ट भएर थुप्रियो, लिन नआएर घर्रा भरियो

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार ०८:३३

यातायात व्यवस्था विभागले मास प्रिन्टर ल्याएर लाइसेन्स प्रिन्ट गर्न थालेसँगै विभागमा लाइसेन्सको चाङ लागेको छ । लाइसेन्स परिक्षा पास गरेको केही महिनासम्म नियमित फलोअपमा रहनेले पनि लाइसेन्स तयार भएपछि लिन नआउने गरेको विभागले जनाएको छ । ‘सुरुमा तयार भयो भनेर सोध्छन्, प्रिन्ट भएपछि लिन नआएर सबै यातायात कार्यालयको घर्रा भरिएर बसेका छन्’ विभाग स्रोतले भन्यो ।

National Life

विभागले मास प्रिन्टर संचालनमा ल्याएर लाइसेन्स छाप्ने कामलाई अगाडि बढाएको भएपनि अझै ६ लाख पुराना लाइनमा रहेका लाइसेन्स प्रिन्ट हुन सकेको छैन । मास प्रिन्टर संचालनमा ल्याएपछि पनि मासिक १ लाखको हाराहारी मात्रै लाइसेन्स प्रिन्ट भएको विभागले जनाएको छ ।मास प्रिन्टरबाट लाइसेन्स छाप्न सुरु भएको २ महिना भएको छ । अहिलेसम्म २ महिनामा २ लाख लाइसेन्स प्रिन्ट भएका छन् । अहिले प्रत्येक दिन ३ देखि ४ हजारको दरमा लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

प्रतिकृया